दफा ९
संरक्षक समितिको काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त संरक्षक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक, व्यवस्थापकीय तथा अन्य आवश्यक नीति तथा मापदण्ड स्वीकृत गर्ने,
(ख) विश्वविद्यालयका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने, गराउने,
(ग) विश्वविद्यालयलाई विश्वस्तरीय विश्वविद्यालयको रूपमा विकास गर्न अल्पकालीन तथा दीर्घकालीन योजना, नीति तथा रणनीति स्वीकृत गर्ने,
(घ) विश्वविधालयको बार्षिक योजना, नीति, बजेट र कार्यक्रम स्वीकृत गर्ने,
(ङ) विश्वविद्यालयको लागि आवश्यक पर्ने नियम स्वीकृत गर्ने,
(च) विश्वविद्यालयको त्रैमासिक प्रगति विवरण समीक्षा गर्ने,
(छ) विश्वविद्यालयबाट प्रदान गरिने उपाधिहरू निर्धारण र प्रदान गर्ने,
(ज) अध्यापक, अनुसन्धानकर्ता र कर्मचारीको सेवाका शर्त, तलव तथा सुविधा निर्धारण गर्ने,
(झ) विश्वविद्यालयको हित विपरीत काम गर्ने वा सन्तोषजनक कार्य सम्पादन गर्न नसक्ने अन्य पदाधिकारीलाई कारवाही गर्ने,
(ज) विश्वविद्यालयको प्राज्ञिक मूल्य र मान्यतालाई संरक्षण र सम्वर्द्धन गर्ने,
(ट) विश्वविधालयको कार्य सुचारु रुपले सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने,
(ठ) तोकिए बमोजिमका अन्य कार्य गर्ने, गराउने ।