दफा
संरक्षक समितिको बैठक
(१) संरक्षक समितिको बैठक प्रत्येक तीन महिनामा कम्तीमा एक पटक बस्नेछ ।
(२) सभापतिले तोकेको मिति, समय र स्थानमा संरक्षक समितिको बैठक बस्नेछ।
(३) संरक्षक समितिको बैठक हुनुभन्दा कम्तीमा पन्ध्र दिन अगावै बैठकमा छलफल हुने विषयहरूको कार्यसूची सहितको सूचना संरक्षक समितिको सचिवले सबै संरक्षकहरूलाई दिनेछ ।
(४) संरक्षक समितिमा तत्काल कायम रहेको संख्याको पचास प्रतिशतभन्दा बढी संरक्षकहरू उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) संरक्षक समितिको बैठकको अध्यक्षता सभापतिले गर्नेछ ।
(६) संरक्षक समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) संरक्षक समितिको बैठकको निर्णय संरक्षक समितिको सचिवले सो समितिको बैठकको अध्यक्षता गर्ने व्यक्तिबाट प्रमाणित गराई राख्छ ।
(८) सभापतिको स्वीकृतिमा संरक्षकहरूले सञ्चार प्रविधिको प्रयोग मार्फत समेत संरक्षक समितिको बैठकमा भाग लिन सक्नेछन्‌ ।
(९) संरक्षक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।