दफा ८
संरक्षित वन्यजन्तु वा वनस्पतिको नमुनाको कारोबार गर्न सकिने –
(१) संरक्षित वन्यजन्तुको पालनपोषण गर्न वा संरक्षित वनस्पति रोप्न, हुर्काउन वा त्यस्तो वन्यजन्तु वा वनस्पतिको नमुना आफूसँग राख्न, प्रयोग गर्न, उत्पादन गर्न, बिउको रुपमा व्यापार गर्न, ओसारपसार गर्न
वा निकासी वा पैठारी गर्न चाहने व्यक्ति, संस्था वा निकायले अनुमतिपत्र लिनु पर्नेछ ।
तर कुनै व्यक्तिले निजी जग्गामा संरक्षित वनस्पति रोप्न, त्यसरी रोपिएको र निजी जग्गामा प्राकृतिक रुपमा उम्रिएको संरक्षित वनस्पति हुर्काउन, सोको नमूना उत्पादन गर्न, राख्न र प्रयोग गर्न त्यस्तो अनुमतिपत्र लिनु पर्ने छैन ।
(२) उपदफा (१) बमोजिम अनुमतिपत्र लिन चाहने व्यक्ति, संस्था वा निकायले व्यवस्थापन निकाय समक्ष तोकिए बमोजिम निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम निवेदन परेमा सो कोजाँचबुझ गर्दा देहायका कुरामा विश्वस्त भएमा वैज्ञानिक निकायसँग परामर्श गरी व्यवस्थापन निकायले उपदफा (१) बमोजिमको कुनै वा सबै प्रयोजनका लागि तोकिए बमोजिम अनुमतिपत्र दिन सक्नेछ ः-
(क) पैठारी बाहेकको अन्य कार्यको लागि अनुमतिपत्र माग भएकोमा त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना अनुमतिपत्र माग गर्ने व्यक्ति, संस्था वा निकायको स्वामित्व वा नियन्त्रणमा रहेको देखिएमा,
(ख) पैठारी बाहेकको अन्य कार्यको लागि अनुमतिपत्र माग भएकोमा त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना अनुमतिपत्र माग गर्ने व्यक्ति, संस्था वा निकायले प्रचलित कानून बमोजिम प्राप्त गरेको देखिएमा,
(ग) जीवित वन्यजन्तु ढुवानी गर्नको लागि पर्याप्त बन्दोबस्त भएको र त्यसलाई ढुवानी गर्दा घाउ, चोट नलाग्ने, हानि नोक्सानी नहुने वा त्यस उपर निर्मम व्यवहार नहुने कुरामा विश्वास गर्ने आधार भएमा ।
(४) उपदफा (३) बमोजिम अनुमतिपत्र दिँदा व्यवस्थापन निकायले आवश्यकता अनुसार त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना राख्ने, प्रयोग गर्ने, पालन पोषण गर्ने, रोप्ने, हुर्काउने तथा उत्पादन गर्ने तरिका सम्बन्धमा तथा त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना बिउको रुपमा व्यापार गर्न, ओसारपसार गर्न वा निकासी वा पैठारी गर्नको लागि मार्ग, ढुवानी गर्ने तरिका, बासस्थान र अन्य आवश्यक विषयमा शर्त तोक्न सक्नेछ र त्यस्ता शर्तहरु पालना गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति, संस्था वा निकायको कर्तव्य हुनेछ ।
(५) उपदफा (४) बमोजिमका शर्तहरु पालना नभएमा व्यवस्थापन निकायले तोकिए बमोजिमको कार्यविधि पूरा गरी जुनसुकै बखत त्यस्तो अनुमतिपत्र रद्द गर्न सक्नेछ ।
(६) यस दफा बमोजिम दिइएको अनुमतिपत्रको अवधि, नवीकरण, खारेजी, दस्तुर तथा सो कोकार्यविधि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।