दफा २४
संसदीय दलको गठन
(१) सङ्घीय संसद वा प्रदेश सभाको निर्वाचनमा कम्तीमा दुई स्थानमा निर्वाचित भई प्रतिनिधित्व गर्ने दलले सङ्घीय संसदीय वा प्रदेश संसदीय दल गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको दलबाट निर्वाचित भई सङ्घीय संसद वा प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रत्येक व्यक्ति स्वतः सम्बन्धित संसदीय दलको सदस्य हुनेछ ।
(३) उपदफा (१) को प्रयोजनको लागि सम्बन्धित दलले सङ्घीय संसदको सचिवालय वा प्रदेश सभाको सचिवालयले तोकेको ढाँचामा देहायको विवरण त्यस्तो सचिवालयमा उपलब्ध गराउनु
पर्नेछः-
(क) सम्बन्धित दलको नाम तथा केन्द्रीय कार्यालयको विवरण,
(ख) सम्बन्धित दलको विधान एक प्रति र नियमावली भए त्यसको एक प्रति,
(ग) सम्बन्धित दलको संसदीय दलको छुट्टै विधान भए त्यसको एक प्रति,
(घ) निर्वाचित जनप्रतिनिधिको सङ्ख्या र नाम ।