दफा ३६
संस्थाको कोष
(१) संस्थाको एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहाय बमोजिमका रकमहरु रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त अनुदान रकम,
(ख) अन्तर्राष्ट्रिय वा विदेशी संघ, संस्थाबाट प्राप्त रकम,
तर यस्तो रकम प्राप्त गर्दा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(ग) संस्थाका सदस्यहरुको नाम दर्ता गर्दा वा पेशागत प्रमाणपत्र दिंदा प्राप्त गरेको रकम,
(घ) संस्थाको चल अचल सम्पत्तिबाट आर्जन हुने रकम,
(ङ) संस्थालाई अन्य स्रोतबाट प्राप्त हुने रकम ।
(२) संस्थालाई प्राप्त सबै रकम संस्थाको नाममा नेपालको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(३) संस्थाको तर्फबाट गर्नु पर्ने सबै खर्चहरु उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछन्।
तर संस्थालाई कुनै निश्चित उद्देश्यको लागि प्राप्त भएको रकम सोही उद्देश्यमा मात्र खर्च गर्नु पर्नेछ ।
(४) कोषबाट गरिने खर्च परिषद्को रेखदेख र नियन्त्रणमा रही कार्यकारी निर्देशकले गर्नेछ ।
(५) कोषको खाताको संचालन परिषद्ले तोके बमोजिम हुनेछ ।