नियम
संस्थाको गठन
: (१) ऐनको दफा डे को उपदफा (५) बमोजिम पेशागत सङ्गठनका आधारमा संस्था गठन गर्दा देहायका शर्त बन्देजहरू पूरा भएको हुनु पर्नेछ :-

(क) प्रचलित कानून बमोजिम दर्ता भएको पेशागत सङ्गठनका सदस्यहरू मात्र सदस्य हुनु पर्ने,

(ख) संस्थाको कार्यक्षेत्र बढीमा एक जिल्ला हुनु पर्ने,

(ग) एक जिल्लामा आफ्नो पेशागत सङ्गठनको एकमात्र प्रारम्भिक संस्था गठन भएको हुनु पर्ने ।

(२) संस्था दर्ता गर्दा सम्बन्धित पेशागत सङ्गठनको सिफारिस संलग्न गर्नु पर्नेछ ।

(३)“एकसय जनाभन्दा कम कर्मचारी, शिक्षक वा प्राध्यापकहरू कार्यरत रहेको कार्यालयमा संस्था गठन गर्दा त्यस्तो कार्यालयमा कम्तीमा तीस जनाको स्थायी दरबन्दी स्वीकृत भई कार्यरत रहेको हुनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम विद्यालय, विश्वविद्यालय वा सङ्गठित संस्थाको आधारमा गठन हुने संस्थामा त्यसमा कार्यरत प्राध्यापक, शिक्षक वा कर्मचारी सदस्य हुन सक्नेछन्‌।

(५) विद्यालय, विश्वविद्यालय वा सङ्गठित संस्थामा कार्यरत प्राध्यापक, शिक्षक बा कर्मचारीले यस नियम बमोजिम गठन हुने एकै प्रकृतिको कुनै एकमात्र संस्थाको सदस्यता लिन सक्नेछ।

(६) यस नियम बमोजिम दर्ता भएका संस्थाहरूले देहायका कार्यहरू मात्र गर्न सक्नेछन्‌ :-

(क) सदस्यहरूबाट बिनियममा तोकिएको सीमासम्मको मासिक बचत सङ्कलन गर्ने,

(ख) खण्ड (क) बमोजिम सङ्कलित बचत रकम सदस्यहरूलाई क्रण तथा सापटीको रूपमा परिचालन गर्ने,

(ग) ८ सदस्यहरूको बौद्धिक बिकास, कला एवं साहित्यका क्षेत्रमा रचनात्मक कार्य गर्ने ।

(७) यस नियम बमोजिमका संस्थाको गठन तथा अन्य_ व्यवस्था मन्त्रालयबाट स्वीकृत कार्यविधि बमोजिम हुनेछ ।