दफा
संस्थाको छनौट
: (१) कुनै विदेशी मुलुक वा रोजगारदाता संस्थाबाट नेपाल सरकारलाई कामदार छनौट गरी पठाउन अनुरोध भई आएमा नेपाल सरकारले खुल्ला प्रतिस्पर्धाका आधारमा इजाजतपत्रवाला संस्था छनौट गरी त्यस्तो संस्था मार्फत कामदार पठाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम छनौट भएको संस्थाबाट विभागले थप नगद धरौटी वा बैङ्क ग्यारेण्टी माग गर्नेछ ।
(३) उपदफा (१) बमोजिम संस्था छनौट गर्ने अन्य आधार र कार्यविधि तोकिए बमोजिम हुनेछ ।