दफा १६
संस्थानको सञ्चालक र म्यानेजिंग डाइरेक्टर उपर प्रतिवन्ध
: संस्थानका कुनै सञ्चालक र म्यानेजिंग डाइरेक्टरले संस्थानसँग हुने कुनै ठेक्का पट्टामा हिस्सेदार हुन सक्नेछैन ।
तर संस्थानले लिए दिएको वा लिने दिने प्रस्ताव गरेको कुनै ठेक्का पट्टामा वा संस्थानका कुनै सहायक अंगले लिई दिई वा लिने दिने प्रस्ताव गरी सञ्चालक समितिको विचारार्थ पेश हुन आएको कुनै ठेक्का पट्टामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट सरोकार भएको कुरा आफूलाई थाहा हुनासाथ प्रत्येक सञ्चालक वा म्यानेजिंग डाइरेक्टरले सो कुरा यथाशीघ्र समितिको सभामा पेश गर्नु पर्छ । सो पेश भएको कुरा माइन्यूट बूकमा जनाइनेछ र सरोकारवाला सञ्चालकले सो ठेक्का पट्टा बारे समितिमा हुने कुनै बिचार विमर्श वा निर्णयमा भाग लिन पाउने छैन ।