दफा १०
संस्थानको सवारी
(१) नेपाल सरकारको पूर्ण, अधिकांश वा आंशिक स्वामित्व भएको संगठित संस्थाको नाममा दर्ता भई दर्ताको प्रमाणपत्र प्राप्त सवारीलाई संस्थानको सवारी भनिनेछ ।
(२) संस्थानको सवारीको पहिचानको लागि सो सवारीको अगाडि तथा पछाडि अनुसूची –२ को खण्ड (ङ) मा लेखिए बमोजिमको नम्बर प्लेट राख्नु पर्छ ।