दफा
संस्थानको स्थापना
: (१) नेपाली भाषा प्रकाशन संस्थानको नामले एउटा संस्थान स्थापित हुनेछ ।
(२) संस्थान अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सँगठित संस्था हुनेछ । सो संस्थानको सबै कामको निमित्त आफ्नोे एउटा छुट्टै छाप हुनेछ । यसले यस ऐन र प्रचलित नेपाल कानूनको अधीनमा रही चल, अचल सम्पत्ति प्राप्त गर्न, भोग गर्न र नामसारी गर्न सक्नेछ । यसले आफ्नोे नामबाट नालिस उजुर गर्न र यस उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।
(३) संस्थानको प्रधान कार्यालय काठमाडौंमा रहनेछ र नेपाल ………. भित्र र विदेशमा समेत एजेण्ट नियुक्त गर्नु र विक्री केन्द्रहरू स्थापना गर्नु संस्थानको लागि कानूनी हुनेछ ।