नियम ८३
सङ्कल्प पेश गर्ने तरिका
(१) अध्यक्षले नाम लिएपछि सङ्कल्प प्रस्तुत गर्न चाहने सदस्यले बैठकमा आफ्नो सङ्कल्प पेश गर्न सक्नेछ र त्यसरी सङ्कल्प पेश गर्दा सङ्कल्पको व्यहोरा पढी वक्तव्य दिन सक्नेछ । तर अध्यक्षको अनुमति लिएर कुनै सदस्यले अन्य ै सदस्यलाई आफ्नो सङ्कल्प पेश गर्न अधिकृत गर्न सक्नेछ । (२) उपनियम (१) बमोजिम अध्यक्षले सदस्यको नाम लिएपछि सो सदस्यले सङ्कल्प पेश नगर्ने इच्छा प्रकट गर्न सक्नेछ । (३) सम्बन्धित सदस्यले पेश नगरेको सङ्कल्प निजले फिर्ता लिएको मानिनेछ ।