दफा ९३
सङ्गठित संस्थाको तर्फबाट फिरादपत्र दिन सक्ने

(१) सङ्गठित संस्थाको तर्फबाट फिरादपत्र वा प्रतिउत्तरपत्र दिनु पर्दा फिरादपत्र वा प्रतिउत्तरपत्र दायर गर्नेप्रयोजनको लागि त्यस्तो संस्थाको सम्बन्धित कानून, विधान वा नियम बमोजिम अधिकार प्राप्त सञ्चालक, सञ्चालकसमिति वा व्यवस्थापन समिति वा त्यस्तो हैसियतका समितिको निर्णयबाट अधिकार प्राप्त प्राकृतिक व्यक्तिले सोहीकुरा फिरादपत्र वा प्रतिउत्तरपत्रमा उल्लेख गरी फिरादपत्र वा प्रतिउत्तरपत्र दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम फिरादपत्र वा प्रतिउत्तरपत्र दिँदा फिरादपत्र वा प्रतिउत्तरपत्र दिने सम्बन्धमा त्यस्तोसञ्चालक, सञ्चालक समिति वा व्यवस्थापन समिति वा त्यस्तो हैसियतका समितिको निर्णयको प्रति समेत फिरादपत्र वाप्रतिउत्तरपत्र साथ संलग्न गर्नु पर्नेछ ।
(३) नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहका कार्यालय, संवैधानिक निकाय वा अदालतको तर्फबाट फिराद वाप्रतिउत्तरपत्र दायर गर्नु पर्दा त्यस्तो कार्यालय, निकाय वा अदालतको प्रशासनिक प्रमुखको रूपमा काम गर्नेपदाधिकारीबाट फिरादपत्र वा प्रतिउत्तरपत्र दायर गर्न सकिनेछ ।