दफा ३४
सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने
नेपाल सरकारका सम्बन्धित निकाय, प्रदेश सरकार वा स्थानीय तहले तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्दा अबलम्बन गर्नु पर्ने सावधानी तथा सुरक्षा सतर्कता, कुनै दुर्घटना भएको अवस्थामा क्षति कम गर्न गर्नु पर्ने उपायहरु, तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोगबाट हुनसक्ने क्षति समेतको विषयमा आवश्यक सचेतनामूलक कार्यक्रम सञ्चालन वा प्रचार प्रसार गर्नु वा गराउनु पर्नेछ।