नियम २१
सच्याउन लेखी पठाउन सक्ने

(१) प्राविधिक परीक्षकले नियम १८ बमोजिम पेश गरेको प्रतिवेदन वा नियम २० बमोजिम दिएको जानकारीको आधारमा आयोजनामा कुनै किसिमको त्रुटि सच्याउन सकिने देखिएमा केन्द्रले त्यस्तो त्रुटि सच्याउन आयोजनासँग सम्बन्धित मन्त्रालय वा केन्द्रीय निकायमा लेखी
पठाउन सक्नेछ ।
(२) नियम १८ बमोजिम पेश गरेको प्रतिवेदन वा नियम २० बमोजिम दिइएको जानकारीको आधारमा आयोजनासँग सम्बन्धित निर्माण व्यवसायी वा परामर्शदाताले कुनै त्रुटिपूर्ण कार्य गरेको देखिएमा केन्द्रले त्यस्तो त्रुटि सच्याउन लगाउन आयोजनासँग सम्बन्धित कार्यालयको प्रमुखलाई लेखी पठाउन सक्नेछ र त्यसरी केन्द्रबाट लेखी आएमा आयोजनासँग सम्बन्धित कार्यालयको प्रमुखले लेखी
आए बमोजिम त्यस्तो त्रुटि सच्याउन सम्बन्धित निर्माण व्यवसायी वा परामर्शदातालाई आदेश दिनु पर्नेछ ।
(३) केन्द्रले उपनियम (१) बमोजिम लेखी पठाएकोमा सम्बन्धित मन्त्रालय वा केन्द्रीय निकायको प्रमुखले आयोजनामा त्यस्तो त्रुटि सच्याउन र भविष्यमा त्यस्तो त्रुटि दोहोरिन नदिन अवलम्वन गरिने उपायको सम्बन्धमा कार्ययोजना बनाई सोको जानकारी केन्द्रलाई दिनु पर्नेछ ।