दफा २६
सजाय
(१) पद अनुसारको आचरण नगर्ने श्रमजीवी पत्रकारलाई व्यवस्थापकले देहाय बमोजिमको कुनै सजाय गर्न सक्नेछः–
(क) साधारण सजायः
(१) नसिहत दिने,
(२) बढीमा दुई वार्षिक पारिश्रमिक बृद्धि रोक्का गर्ने, वा
(ख) विशेष सजायः सेवाबाट हटाउने ।
(२) कुनै श्रमजीवी पत्रकारको काम सन्तोषजनक नभएमा वा अनुशासनहीन काम गरेमा व्यवस्थापकले साधारण सजाय गर्न सक्नेछ ।
(३) देहायको कुनै अवस्थामा श्रमजीवी पत्रकारलाई व्यवस्थापकले विशेष सजाय गर्न सक्नेछः–
(क) बराबर आचरण सम्बन्धी कुरा उल्लंघन गरेमा,
(ख) बराबर अनुशासनहीन काम गरेमा,
(ग) बराबर आफ्नो पदको जिम्मेवारी पूरा नगरेमा,
(घ) बिदा स्वीकृत नगराई वा व्यवस्थापकलाई जानकारी नदिई आफ्नो काममा ६० दिन भन्दा बढी अनुपस्थित भएमा ।