दफा ३२
सजाय
(१) दफा ३१ बमोजिमको उजुरी जाँचबुझ गर्दा मनासिब देखिएमा बोर्डले त्यस्तो सेवा प्रदायकलाई पन्ध्र हजारदेखि पच्चीस हजारसम्म जरिबाना गरी सो जरिबाना बराबरको रकम बीमितलाई क्षतिपूर्ति स्वरूप भराई दिनेछ ।
(२) कुनै बीमितले दफा ८ विपरीतको कार्य गरी बोर्डलाई हानि नोक्सानी पुयाएमा बोर्डले त्यस्तो बीमितलाई निजबाट भएको नोक्सानीको बिगो बराबरको रकम जरिबाना गर्न सक्नेछ ।
(३) कुनै सेवा प्रदायकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत अन्य कुनै काम गरेमा बार्डले त्यस्तो सेवा प्रदायकलाई पाँच लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।