दफा ७२
सजाय
उचित र पर्याप्त कारण भएमा कर्मचारीलाई देहाय बमोजिमको विभागीय सजाय गर्न सकिनेछः–
(क) सामान्य सजायः
(१) नसिहत दिने,
(२) दुई वर्षसम्म बढुवा रोक्का गर्ने,
(३) बढीमा दुई तलब बृद्धि रोक्का गर्ने,
(४) पाँच वर्षसम्म बढुवा रोक्का गर्ने,
(५) बढीमा पाँच तलब बृद्धि रोक्का गर्ने,
(६) पदको शुरु तलब स्केलमा घटुवा गर्ने ।
(७) स्तरवृद्धि रोक्का गर्ने ।
(ख) विशेष सजायः
(१) भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने ।
(२) भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने ।