दफा २१
सञ्चय कोष
  नेपाल सरकारले संवैधानिक निकायका पदाधिकारीको मासिक पारिश्रमिकबाट सयकडा दशका दरले सञ्चय कोष कट्टा गरी सो रकममा शतप्रतिशत रकम थप गरी कर्मचारी सञ्चय कोषमा जम्मा गरिदिनेछ ।