दफा ११
सञ्चालक समितिको अध्यक्ष र सदस्यको पद रिक्त हुने अवस्था
देहायको अवस्थामा सञ्चालक समितिको अध्यक्ष वा सदस्यको पद रिक्त भएको मानिनेछ:-

(क) अध्यक्षले नेपाल सरकार समक्ष र सदस्यले मन्त्रालय समक्ष लिखित राजीनामा दिएमा,

(ख) / निजको पदावधि पूरा भएमा,

(ग) -दफा १४ बमोजिम पदबाट हटाइएमा,

(घ) दफा १० बमोजिम अयोग्य भएमा,

(ङ) - निजको उमेर साठी वर्ष पूरा भएमा, वा

(च) निजको मृत्यु भएमा।