दफा १५
सञ्चालक समितिको अध्यक्षको काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारका अतिरिक्त सञ्चालक समितिको अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) वार्षिक नीति, योजना, कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वीकृतिका लागि सञ्चालक समितिमा पेस गर्ने,

(ख) सञ्चालक समितिको बैठकको कार्यसूची तयार गर्ने वा गराउने,

(ग) परिषद्को बैठक व्यवस्थापन गर्ने,

(घ) परिषद्‌ तथा सञ्चालक समितिको बैठकका निर्णय कार्यान्वयन गर्ने वा गराउने, (ङ) मन्त्रालयको स्वीकृति लिई सार्वजनिक सेवा प्रसारण संस्थाको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थासँग सम्बन्ध स्थापित गर्ने, र

(च) सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिले अधिकार प्रत्यायोजन गरेका कार्य गर्ने।