दफा १२
सञ्चालक समितिको काम, कर्तव्य र अधिकार
सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) सार्वजनिक सेवा प्रसारण संस्थाको वार्षिक नीति, योजना, कार्यक्रम र बजेट स्वीकृत गर्ने,
(ख) सार्वजनिक सेवा प्रसारण संस्थाको वार्षिक प्रतिवेदन परिषद् समक्ष पेस गर्ने,
(ग) सार्वजनिक सेवा प्रसारण संस्थाको आचारसंहिता, मापदण्ड, सम्पादन गुणस्तर तथा कार्यक्रम निर्देशिका जारी गर्ने,
(घ) सार्वजनिक सेवा: प्रसारण संस्थाको समग्र व्यवस्थापनको रेखदेख, सुपरिवेक्षण तथा नियन्त्रण गर्ने,
(ङ) सम्पादकीय स्वतन्त्रता र निष्पक्षताको संरक्षणका लागि -आवश्यक कार्य गर्ने,
(च) सार्वजनिक सेवा प्रसारण संस्थाबाट सम्पादन हुने; कामको कार्ययोजना बनाई लागु गर्ने वा गराउने,
(छ) : प्रसारणसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्ने वा गराउने,
(ज) समाचार तथा कार्यक्रमलाई गुणस्तरयुक्त बनाउन आवश्यक कार्य गर्ने,
(झ) प्रमुख प्रशासकीय अधिकृतको कामको मूल्याङ्कन तथा अनुगमन गर्ने,
(ज) सार्वजनिक सेवा प्रसारण संस्थाको कर्मचारीको दरबन्दी स्वीकृत गर्ने, र
(ट) सार्वजनिक सेवा प्रसारण संस्थाले प्रवाह गरेको सेवासँग सम्बन्धित जनगुनासो सुनुवाइ सम्बन्धी व्यवस्था मिलाउने ।