दफा १८
सञ्चालकको कार्यकाल
(१) गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल पाँच वर्षको हुनेछ । (२) नेपाल सरकारले मनासिव देखेमा कार्यकाल समाप्त भएको गभर्नरलाई पुन एक पटकको कार्यकालको निमित्त र सञ्चालकलाई जति सुकै पटकको कार्यकालको निमित्त पनि पुन नियुक्ति गर्न सक्नेछ ।