दफा ११
सञ्चालकको राजीनामा र खाली स्थानको पूर्ति
: (१) कुनै मनोनीत सञ्चालकले नेपाल सरकारमा र निर्वाचित सञ्चालकले समितिमा लिखित सूचना दिई आफ्नोे पदबाट राजीनामा दिनसक्नेछ । राजीनामा स्वीकृत भएपछि निजले पदत्याग गरेको मानिनेछ ।
(२) मृत्यु, राजीनामा वा अरू कुनै कारणबाट कुनै मनोनीत वा निर्वाचित सञ्चालकको पद खाली हुन आएमा अवस्था अनुसार अर्को मनोनयन वा निर्वाचनद्वारा सो खाली स्थानको पूर्ति गरिनेछ र निर्वाचनद्वारा आउने सञ्चालक आफ्नोे साविकवालाको बाँकी अवधिसम्म मात्र सो स्थानमा बहाल रहनेछ ।
(३) समितिको गठनमा कुनै त्रुटि भई वा कुनै सञ्चालकको स्थान खाली भई समितिमा काम कारवाई भएको भए पनि सोही कारणले मात्र त्यस्तो काम कारवाही बदर हुन सक्दैन ।