नियम
सञ्चालन भइरहेका विद्यालयको स्वीकृति सम्बन्धी व्यवस्था
(१) ऐन प्रारम्भ हु“दाका बखत संस्थागत विद्यालयको रुपमा सञ्चालन भइरहेको विद्यालयले ऐनले तोकेको म्यादभित्र सो विद्यालय कम्पनीमा सञ्चालन गर्ने भए कम्पनीमा दर्ता भएको प्रमाणपत्र र शैक्षिक गुठीको रुपमा सञ्चालन गर्ने भए तत्सम्बन्धी विधान दर्ता भएको निस्सा समेत संलग्न गरी अनुसूची–१० बमोजिमको ढा“चामा महानिर्देशक समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा महानिर्देशकले सो निवेदन साथ प्राप्त कागजात जाँचबुझ गरी निवेदकलाई कम्पनी वा शैक्षिक गुठीको रुपमा विद्यालय सञ्चालन गर्न अनुसूची–११ बमोजिमको ढाँचामा स्वीकृति दिनेछ ।