नियम ३५
सदस्यलाई हटाउन सकिने
(१) ऐनको दफा ३ को खण्ड (झ) बमोजिम मनोनीत
सदस्यको कार्य सम्पादनस्तर सन्तोषजनक हुनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सदस्यको कार्य सम्पादन स्तर सन्तोषजनक
नभएमा निजलाई सदस्यको पदबाट हटाउनु नपर्ने कुनै कारण भए सात दिनभित्र पेश गर्न
प्रधानमन्त्रीले त्यस्तो सदस्यबाट स्पष्टीकरण माग गर्नेछ ।
(३) उपनियम (२) बमोजिम स्पष्टीकरण माग भएकोमा निर्धारित अवधिभित्र
निजले स्पष्टीकरण नदिएमा वा दिएको स्पष्टीकरण मनासिव नदेखिएमा प्रधानमन्त्रीले
निजलाई सदस्य पदबाट हटाउन सक्नेछ ।