नियम ७८
सदस्यसचिव सम्बन्धी
(१) नेपाल सरकारले परिषद्को सदस्य- सचिवको रुपमा कामकाज गर्न मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरी बाल संरक्षण, बाल संवर्द्धन र बालविकासको क्षेत्रमा कम्तीमा सात वर्षको कार्य अनुभव भएको व्यक्तिमध्येबाट एकजना नियुक्त गर्नेछ। (२) परिषद्को सदस्य-सचिवको पदावधि चार वर्षमा नबढ्ने गरी निजलाई नियुक्ति गर्दाका बखत नेपाल: सरकारले तोकेबमोजिम हुनेछ र निजको पारिश्रमिक निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी सरहको हुनेछ।
(३) परिषद्को सदस्य-सचिवको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ:-
(क) वार्षिक कार्यक्रम .र बजेट तर्जुमा गरी स्वीकृतिको लागि परिषद् समक्ष पेश गर्ने,
(ख) परिषद्का कर्मचारीउपर आवश्यक रेखदेख, नियन्त्रण तथा निर्देशन दिने,
(ग) स्वीकृत वार्षिक कार्यक्रम र परिषद्का निर्णय तथा निर्देशन कार्यान्वयन गर्ने, गराउने,
(घ) परिषद्बाट सञ्चालन हुने योजना तथा कार्यक्रमको लागि आवश्यक समन्वय गर्ने,
(ङ) परिषद्बाट गरिने काम कारबाहीको सुपरिवेक्षण, निर्देशन तथा अनुगमन गर्ने गराउने,
तव) परिषद्बाट सम्पादन भएका कार्यको प्रगति विवरण प्रकाशन गर्ने,
(छ) परिषद्बाट निर्णय हुनुपर्ने विषयको प्रस्ताव तयार गरी पेश गर्ने,
(ज) परिषद्को प्रमुख प्रशासकीय अधिकारीको रूपमा कार्य गर्ने, (झ) प्रचलित कानूनबमोजिम लेखा उत्तरदायी अधिकारीको रुपमा काम गर्ने,
(ज) परिषद्को वार्षिक लेखा परीक्षण गर्ने, गराउने,
(ट) परिषद्ले तोके बमोजिमका अन्य कार्य गर्ने ।