दफा
सदस्यहरूको नियुक्ति,पदावधि तथा पदमुक्ति
(१) दफा ५ को उपदफा (२) को खण्ड (ञ) बमोजिमका सदस्यको मनोनय बोर्डको अध्यक्षबाट हुनेछ।
(२) उपदफा (१) बमोजिमका सदस्यहरुको पदावधि चार वर्षको हुनेछ। निजहरूको पुनर्नियुक्ति हुन सक्नेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि मनोनीत कुनै सदस्यलाई अध्यक्षले जुनसुकै बखत पदबाट हटाउन सक्नेछ।
तर त्यसरी हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौकाबाट बञ्चित गरिने छैन।
(४) उपदफा (३) बमोजिम कुनै सदस्य पदमुक्त भएमा वा निजले आफ्नो पदबाट राजिनामा दिएमा निजको स्थानमा बाँकी अवधिका लागि अर्को व्यक्तिलाई मनोनीत गर्न सकिनेछ।