नियम ६
सदस्य–सचिवको काम, कर्तव्य र अधिकार
सदस्य–सचिवको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) परिषद्को नीति निर्धारण गर्ने सम्बन्धमा सभा र परिषद्लाई सहयोग गर्ने ।
(ख) सभा र परिषद्मा पेश गर्नु पर्ने प्रस्तावहरु तयार गर्ने, गराउने ।
(ग) सभा र परिषद्बाट भएका निर्णयहरुको कार्यान्वयन गर्ने, गराउने ।
(घ) परिषद्को वार्षिक कार्यक्रम तथा बजेट तयार गर्न लगाई स्वीकृतिको लागि सभा समक्ष पेश गर्ने ।
(ङ) परिषद्को वित्तीय कारोबारको लेखा ठीकसंग राख्न लगाउने ।
(च) परिषद्को वार्षिक कार्यक्रमको आन्तरिक मूल्यांकन गराउने तथा त्यसको प्रगति सभा समक्ष पेश गर्ने ।
(छ) परिषद्को आन्तरिक लेखा परीक्षण तथा अन्तिम लेखा परीक्षण गराउने र वेरुजु फछ्र्यौट तथा खर्च समर्थन सम्बन्धमा परिषद्ले तोके बमोजिम काम गर्ने ।
(ज) परिषद्ले सम्पत्तिको संरक्षण तथा सञ्चालन सम्बन्धमा आवश्यक कार्य गर्ने, गराउने ।
(झ) परिषद्को कर्मचारीहरुको सबै किसिमका विदाहरु स्वीकृत गर्ने ।
(ञ) आचरण उल्लंघन गर्ने परिषद्का प्रशिक्षक तथा कर्मचारी उपर विभागीय कारबाही चलाउने ।
(ट) सभा वा परिषद्बाट प्रत्यायोजित एवं निर्देशित अन्य काम गर्ने, गराउने ।