दफा २८
सफाई पेश गर्ने मौका दिनु पर्ने
व्यवस्थापकले कुनै श्रमजीवी पत्रकारलाई सजाय दिन आदेश दिनु भन्दा अघि कारवाही गर्न लागिएको कारण उल्लेख गरी सो श्रमजीवी पत्रकारलाई उचित म्याद दिई आफ्नो सफाई पेश गर्न मौका दिनु पर्नेछ । यसरी मौका दिँदा निजमाथि लगाइएको आरोप स्पष्ट रूपले किटिएको र प्रत्येक आरोप कुन कुन कुरामा आधारित छ सो समेत खुलाउनु पर्नेछ ।