सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) विश्वविद्यालयको नीति निर्धारण गर्ने,
(ख) विश्वविद्यालयको विकासको लागि दीर्घकालीन कार्यक्रमहरू तर्जुमा गर्ने तथा त्यस्ता कार्यक्रमहरू कार्यान्वयन गर्ने, गराउने,
(ग) विश्वविद्यालयलाई मार्ग दर्शन गर्ने,
(घ) विश्वविद्यालयको शैक्षिक कार्यक्रमहरूको संचालन र प्रबन्ध गर्ने, गराउने,
(ङ) क्याम्पसहरूको संस्थापन एवं सम्बन्धन वारे आवश्यक प्रबन्ध गर्ने, गराउने,
(च) विश्वविद्यालयबाट प्रदान गरिने विभिन्न उपाधिहरू निर्धारण गर्ने,
(छ) विश्वविद्यालयका आङ्गिक क्याम्पसहरू तथा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरूलाई निर्देशन दिने र मार्ग दर्शन गर्ने,
(ज) विश्वविद्यालयलाई कुनै नयाँ कार्यक्रम सञ्चालन गर्न अनुमति दिने,
(झ) विश्वविद्यालय अन्तर्गतका निकायहरूको शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक नीति निर्धारण गर्ने, गराउने,
(ञ) विश्वविद्यालयको वार्षिक बजेट र कार्यक्रम स्वीकृत गर्ने,
(ट) विश्वविद्यालय अन्तर्गतका निकायहरूको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र कार्यक्रमको मूल्याङ्कन गर्ने,
(ठ) लेखा परीक्षक नियुक्ति गर्ने, लेखा परीक्षण प्रतिवेदन माथि छलफल गर्ने र स्वीकृति दिने,
(ड) विश्वविद्यालय सम्बन्धी नियमहरू पारित गर्ने,
(ढ) शैक्षिक तथा प्रशासनिक कामका लागि आवश्यक शिक्षक तथा कर्मचारीको दरबन्दी स्वीकृत गर्ने,
(ण) विश्वविद्यालयको आवश्यकता अनुसार विभिन्न समिति, उप–समिति वा कार्य टोलीहरूको गठन गर्ने,
(त) तोकिएबमोजिमका अन्य काम गर्ने ।