दफा
सभाको गठन
(१) प्रतिष्ठानको सर्वोच्च निकायको रुपमा एक सभा रहनेछ ।
(२) सभाको गठन देहाय बमोजिम हुनेछ ः-
(क) कुलपति –अध्यक्ष
(ख) सहकुलपति –उपाध्यक्ष
(ग) सदस्य, राष्ट्रिय योजना आयोग (स्वास्थ्य क्षेत्र हेर्ने) –सदस्य
(घ) उपकुलपति –सदस्य
(ङ) स्वास्थ्य विज्ञान सम्बन्धी उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत दुईजना –सदस्य
(च) सचिव, मन्त्रालय –सदस्य
(छ) सचिव, अर्थ मन्त्रालय –सदस्य
(ज)   सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय       -सदस्य
(झ) डीनहरूमध्येबाट सभाबाट मनोनीत एकजना –सदस्य
(ञ) प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीमध्ये कार्यकारी परिषद्को सिफारिसमा एकजना –सदस्य
(ट)    प्रमुख, पोखरा महानगरपालिका               -सदस्य
(ठ) शिक्षकहरूमध्ये प्राज्ञिक परिषद्को सिफारिसमा कार्यकारी परिषद्बाट मनोनीत कम्तीमा एकजना महिला सहित दुईजना –सदस्य
(ड) शैक्षिक संस्थाका प्रमुखहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत एकजना –सदस्य
(ढ) दलित, आदिवासी÷जनजाति तथा पिछडिएका वर्गबाट प्रतिनिधित्व हुने गरी कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत कम्तीमा दुईजना महिला सहित चारजना –सदस्य
(ण) चन्दादाताहरुमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत कम्तीमा एकजना महिला सहित दुईजना –सदस्य
(त) प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूमध्ये सभाबाट मनोनीत एकजना –सदस्य
(थ) डीन –सदस्य–सचिव
(३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।
(४) मनोनीत सदस्यको पद कुनै कारणले रिक्त हुन गएमा बाँकी अवधिको लागि सो पदमा पहिले जुन प्रक्रियाबाट पूर्ति गरिएको हो सोही प्रक्रिया बमोजिम अर्को व्यक्तिलाई
मनोनयन गरिनेछ ।
(५) सभाको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।