दफा
सभाको गठन
(१) विश्वविद्यालयमा सर्वोच्च निकायको रूपमा एक सभा रहनेछ ।
(२) सभाको गठन देहाय बमोजिम हुनेछः–
(क) कुलपति – अध्यक्ष
(ख) सह–कुलपति – उपाध्यक्ष
(ग) उप–कुलपति – सदस्य
(घ) सदस्य, राष्ट्रिय योजना आयोग (शिक्षा हेर्ने) – सदस्य
(ङ) अध्यक्ष, विश्वविद्यालय अनुदान आयोग – सदस्य
(च) अन्य विश्वविद्यालयका उप–कुलपतिहरूमध्येबाट दुईजना – सदस्य
(छ) सचिव, शिक्षा मन्त्रालय – सदस्य
(ज) सचिव, अर्थ मन्त्रालय – सदस्य
(झ) सम्बन्धित विकास क्षेत्रको क्षेत्रीय प्रशासक – सदस्य
(ञ) डीन – सदस्य
(ट) निर्देशक – सदस्य
(ठ) क्याम्पस प्रमुखहरूमध्येबाट दुईजना– सदस्य
(ड) शिक्षकहरूमध्येबाट दुईजना – सदस्य
(ढ) ……………..
(ण) विश्वविद्यालय रहेको विकास क्षेत्र अन्तर्गतका नगरपालिकाका प्रमुखहरूमध्येबाट दुईजना – सदस्य
(त) नेपाल प्राध्यापक संघको केन्द्रीय अध्यक्ष – सदस्य
(थ) सभापति, विश्वविद्यालय प्राध्यापक संघ – सदस्य
(द) विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको सभापति – सदस्य – सदस्य
(ध) चन्दादाताहरूमध्येबाट एकजना – सदस्य
(न) शिक्षाप्रेमी तथा समाजसेवीहरूमध्येबाट एकजना – सदस्य – सदस्य
(प) कर्मचारी प्रतिनिधिमध्येबाट एकजना – सदस्य
(फ) रजिष्ट्रार – सदस्य–सचिव
(३) उपदफा (२) बमोजिमका पदेन सदस्यहरू बाहेक अन्य सदस्यहरूको मनोनयन कार्यकारी परिषद्को सिफारिसमा कुलपतिबाट हुनेछ ।
(४) मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।
(५) कुनै कारणले मनोनीत सदस्यहरूको पद रिक्त हुन गएमा बाँकी अवधिको लागि उपदफा (३) बमोजिमको प्रक्रिया पूरा गरी अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।