दफा ७
सभाको गठन
(१) विश्वविद्यालयमा सर्वोच्च निकायको रूपमा एक सभा रहनेछ ।
(२) सभाको गठन देहाय बमोजिम हुनेछः–
(क) कुलपति –अध्यक्ष
(ख) सहकुलपति –उपाध्यक्ष
(ग) उपकुलपति –सदस्य
(घ) सदस्य, राष्ट्रिय योजना आयोग (शिक्षा हेर्ने) –सदस्य
(ङ) अध्यक्ष, विश्वविद्यालय अनुदान आयोग –सदस्य
(च) अन्य विश्वविद्यालयका उपकुलपतिहरू मध्येबाट दुई जना –सदस्य
(छ) सचिव, नेपाल सरकार, अर्थ मन्त्रालय –सदस्य
(ज) नेपाल सरकारको शिक्षा विषय हेर्ने मन्त्रालयको सचिव –सदस्य
(झ) डीन –सदस्य
(ञ) निर्देशक –सदस्य
(ट) क्याम्पस प्रमुखहरूमध्येबाट दुई जना –सदस्य
(ठ) शिक्षकहरूमध्येबाट एक जना –सदस्य
(ड) विश्वविद्यालय रहेको क्षेत्रको नगरपालिकाको प्रमुख –सदस्य
(ढ) सम्बन्धित प्रदेशका महन्तहरुमध्येबाट एक जना –सदस्य
(ण) सभापति, विश्वविद्यालय प्राध्यापक सङ्घ –सदस्य
(त) सभापति, विश्वविद्यालय कर्मचारी युनियन –सदस्य
(थ) सभापति, विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरुमध्येबाट एक जना –सदस्य
(द) शिक्षाविद् तथा समाजसेवीहरू मध्येबाट कम्तीमा एक जना महिला र एक जना दलित रहने गरी चार जना –सदस्य
(ध) उद्योगपति, व्यापारी तथा कृषकहरूमध्येबाट कम्तीमा दुई जना महिला सहित छ जना –सदस्य
(न) भौतिक तथा आर्थिक सहयोग दाताहरूमध्येबाट तीन जना –सदस्य
(प) रजिष्ट्रार –सदस्य¬ सचिव
(३) उपदफा (२) बमोजिमका पदेन सदस्यहरू बाहेक अन्य सदस्यहरूको मनोनयन कार्यकारी परिषद्को सिफारिसमा कुलपतिबाट हुनेछ ।
(४) मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।
(५) कुनै कारणले मनोनीत सदस्यको पद रिक्त हुन गएमा बाँकी अवधिको लागि उपदफा (३) बमोजिमको प्रक्रिया पूरा गरी अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।