दफा
सभाको गठन

(१) विश्वविद्यालयमा सर्वोच्च निकायको रूपमा एक सभा रहनेछ ।

(२) सभाको गठन देहाय बमोजिम हुनेछः–

(क) कुलपति अध्यक्ष

(ख) सह–कुलपति उपाध्यक्ष

(ग) उप–कुलपति सदस्य

(घ)  ………

(ङ) अन्य विश्वविद्यालयहरूका उप–कुलपतिहरू मध्येबाट दुई जना सदस्य

(च) सचिव, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय सदस्य

(छ) शिक्षाविद्हरूमध्येबाट तीन जना सदस्य

(ज) डीनहरू सदस्य

(झ) पोखरा नगरपालिकाको प्रमुख समेत रहने गरी नगरपालिकाका प्रमुखहरू मध्येबाट तीन जना सदस्य

(ञ) क्याम्पस प्रमुखहरू मध्येबाट चार जना सदस्य

(ट) विश्वविद्यालयको विषय समितिका अध्यक्षहरूमध्येबाट तीन जना सदस्य

(ट१) नेपाल प्राध्यापक संघको प्रतिनिधि एकजना सदस्य

(ठ) प्रतिनिधि, पोखरा विश्वविद्यालय प्राध्यापक संघ सदस्य

(ड) शिक्षकहरूमध्येबाट तीन जना सदस्य

(ढ) …………………….

(ण) विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य सदस्य

(त) शिक्षा प्रेमी तथा समाज सेवीहरूमध्येबाट तीनजना सदस्य

(थ) उद्योगपति, व्यापारी र कृषकहरूमध्येबाट चारजना सदस्य

(द) चन्दादाताहरूमध्येबाट दुई जना सदस्य

(ध) उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूमध्येबाट दुई जना सदस्य

(न) क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरूमध्येबाट दुईजना सदस्य

(प) रजिष्ट्रार सदस्य–सचिव

(३) पदेन सदस्यहरू वाहेक सभाका अन्य सदस्यहरूको मनोनयन कार्यकारी परिषद्को सिफारिशमा कुलपतिबाट हुनेछ ।

(४) मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।

(५) कुनै कारणले मनोनीत सदस्यहरूको पद रिक्त हुन गएमा बाँकी अवधिको लागि उपदफा (३) बमोजिमको प्रकृया पूरा गरी अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।