दफा
सभाको बैठक
(१) सभाको बैठक सामान्यतया वर्षको दुई पटक बस्नेछ ।
तर आवश्यक परेमा सभाको विशेष बैठक बोलाउन सकिनेछ । (२) सभाको बैठकको अध्यक्षता सभाको अध्यक्षले गर्नेछ । अध्यक्षको
अनुपस्थितिमा सभाको बैठकको अध्यक्षता उपाध्यक्षले गर्नेछ ।
(३) सभाको सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
तर गणपूरक संख्याको अभावमा बैठक स्थगित भई पुन बोलाइएको बैठकमा सभाको सम्पूर्ण सदस्य संख्याको एक तिहाई सदस्य उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिनेछ ।
(३क) सभाको अध्यक्षता गर्ने व्यक्तिले सभाको बैठकको निर्णय प्रमाणित गर्नेछ ।
(४) सभाको बैठकको अन्य कार्यविधि सभा आफैले निर्धारण गरे बमोजिम हुनेछ ।