दफा ६९
सभाको वैधानिकता
: प्रत्येक साधारण सभा शुरु हुनुभन्दा अगावै सभामा उपस्थित शेयरधनीहरुले सो सभा यस ऐन र नियमावली बमोजिम बोलाइएको हो वा होइन भन्ने कुरा यकिन गर्नेछन्रत्यस सम्बन्धमा कुनै अन्य कानूनको पालना नगरिएको भए पनि सबै शेयरधनीहरुलाई दफा ६७ उपदफा (२) बमोजिम सूचना पठाइएको भएमा र दफा ७३ बमोजिम गणपूरक सङ्ख्या पुगेको सभाले सभा गर्न मञ्जुर गरेमा सो साधारण सभा रीतपूर्वक बोलाइएको मानिनेछ ।