दफा
सभा
: (१) प्रज्ञा प्रतिष्ठानको सर्वाेच्च निकायको रूपमा एक प्राज्ञसभा रहनेछ ।
(२) सभाको गठन देहाय बमोजिम हुनेछ ः-
(क) कुलपति – अध्यक्ष
(ख) उपकुलपति – उपाध्यक्ष
(ग) सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – सदस्य
(घ) ललितकलाको क्षेत्रसँग सम्बन्धित विशिष्ट व्यक्तिहरुमध्येबाट समावेशीतालाई ध्यानमा राखी महिलाहरु समेतको उपयुक्त प्रतिनिधित्व हुने गरी प्रधानमन्त्रीले मनोनीत गरेको चौबीसजना  – सदस्य
(ङ) सचिव – सदस्य–सचिव
(३) उपदफा (२) बमोजिमको मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ ।
(४) कुनै कारणले सभाका मनोनीत सदस्यको पद रिक्त हुन गएमा बाँकी अवधिको लागि त्यस्तो सदस्य जुन विधा वा क्षेत्रबाट मनोनयन भएको हो सोही विधा वा क्षेत्रबाट अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।
(५) सभाका सदस्यहरुको सुविधा तोकिए बमोजिम हुनेछ ।