दफा १५
समन्वय कायम गर्नु पर्ने
१५. समन्वय कायम गर्नु पर्नेः
(१) आयोगले योजनाको तर्जुमा, अनुगमन र मूल्यांकन गर्दा र त्यसको रणनीति तय गर्दा सम्बन्धित मन्त्रालय, आयोग वा सचिवालयसँग समन्वय गर्नेछ ।
(२) आयोगले योजनाको तर्जुमा, अनुगमन र मूल्यांकन गर्दा स्थानीय निकाय सम्वद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथा निजी संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्न सक्नेछ ।