(१) ऐनको दफा ८ बमोजिम गठित समन्वय समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ M-
(क) सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिको कार्यमा आवश्यक सहयोग र समन्वय गर्ने,
(ख) समायोजन गर्ने वा कर्मचारी खटाउने प्रयोजनको लागि सम्पूर्ण सरकारी कर्मचारीको अद्यावधिक अभिलेख तयार गरी मन्त्रालय र सेवा सञ्चालन गर्ने निकायमा पठाउन मन्त्रालय, आयोग, सचिवालय वा कार्यालयका सचिवहरूलाई निर्देशन दिने,
(ग) समायोजन गर्ने वा कर्मचारी खटाउने सम्बन्धी विषयमा प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने सङ्गठन संरचना तथा दरबन्दी कायम गर्ने सम्बन्धमा समन्वय गर्ने,
(घ) समायोजन तथा कर्मचारी खटाउने सम्बन्धी कामको अनुगमन गर्ने र तत् सम्बन्धमा निर्देशन दिने,
(ङ) अन्य आवश्यक कार्यहरू गर्ने ।
(२) समन्वय समितिको बैठक तथा अन्य कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(३) समन्वय समितिको सचिवालय मन्त्रालयमा रहनेछ ।