दफा ३८
समन्वय समितिको काम, कर्तव्य र अधिकार
समन्वय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) परिचयपत्र तथा पञ्जीकरण व्यवस्थापन कार्यको समन्वय गर्ने,
(ख) विभागको काम कारबाहीको अनुगमन तथा सुपरिवेक्षण गर्ने,
(ग) परिचयपत्र तथा पञ्जीकरण व्यवस्थापन सम्बन्धमा मन्त्रालयबाट प्राप्त निर्देशनहरू कार्यान्वयन गर्न आवश्यक समन्वय गर्ने,
(घ) तथ्याङ्क सुरक्षा समितिले निर्धारण तथा अद्यावधिक गरेका सुरक्षण सम्बन्धी व्यवस्थाको कार्यान्वयन गर्ने,
तर प्रणालीको सुरक्षाका लागि निर्धारण तथा अद्यावधिक गरिएका यस्ता सुरक्षण विधिहरू गोप्य रहनेछन्।
(ङ) परिचयपत्र तथा पञ्जीकरण प्रणालीको स्तरोन्नति, कार्यक्षेत्र विस्तार, प्रणालीको परिवर्तन, प्रणालीको समग्र व्यवस्थापन सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(च) तोकिए बमोजिमका अन्य कार्य गर्ने।