दफा ११५
समरी सैनिक अदालतको ठहर वा सजाय
(१) समरी सैनिक अदालतको ठहर वा सजाय सदर गराइरहनु पर्ने छैन । तुरुन्त तामेल गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पाँच वर्षभन्दा कम सेवा अवधि भएका अधिकृतले कारबाही गरेको रहेछ भने जङ्गी कारबाहीमा लागेको बखतमा
बाहेक वाहिनीपति वा सोभन्दा माथिल्लो अधिकृतको स्वीकृति प्राप्त नगरी सजाय तामेल गर्नु हुँदैन ।
(३) समरी सैनिक अदालतले गरेको ठहर वा सजाय वाहिनी वा पृतनापति वा प्रधान सेनापतिले अधिकार दिएको अधिकृत समक्ष पेश गर्नु पर्नेछ र त्यस्ता अधिकृतले मुद्दाको वास्तविक रूप हेरी ठहर वा सजाय बदर गर्न वा घटाउन सक्नेछ ।