नियम १७
समाजसेवी र बाल मनोविज्ञ वा बाल विशेषज्ञलाई हटाउन सक्ने
(१) नियम १६ मा जुनसुकै क्रा लेखिएको भए तापनि नियम १५ को उपनियम (२) बमोजिम नियुक्त भएका समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञलाई देहायको अवस्थामा सम्बन्धित जिल्ला अदालतले हटाउन सक्नेछ :-

[क) खराब आचरण भएमा,

(ख) कार्यक्षमताको अभाव भएमा,

।ग) इमान्दारी पूर्वक पदीय कर्तव्य पालना नगरेमा, वा

(घ) बाल अदालत वा बाल इजलासमा बस्न सूचित गर्दा मनासिब माफिकको कारण बिना लगातार तीन पटकसम्म उपस्थित नभएमा । (२) उपनियम (१) बमोजिम हटाउनु पूर्व सम्बन्धित जिल्ला अदालतले सम्बन्धित सदस्यलाई सुनुवाइको मौका _दिनु पर्नेछ ।

(३) नियम १५ को उपनियम (२) बमोजिम नियुक्त भएका समाजसेवी, बाल मनोविज्ञ वा वाल विशेषज्ञले आफू सो पदमा रही काम गर्न नसक्ने ब्यहोराको लिखित जानकारी सम्बन्धित जिल्ला अदालतलाई दिएर पदबाट अलग हुन सक्नेछ र सम्बन्धित अदालतले त्यसरी पदबाट अलग भएको जानकारी समितिलाई दिनु पर्नेछ ।