नियम ८
समाजसेवी, बाल विशेषज्ञ वा बाल मनोवैज्ञानिकको योग्यता
बाल अदालत वा इजलासमा रहने समाजसेवी, बाल विशेषज्ञ वा बाल मनोवैज्ञानिकको रुपमा सहभागी हुने व्यक्तिको योग्यता देहाय बमोजिम हुनेछः–
(क) बालअधिकार वा बालकल्याण वा बालमनोविज्ञानका सम्बन्धमा तालिम प्राप्त,
(ख) फौजदारी कसूरमा अदालतबाट सजाय नपाएको,
(ग) कम्तीमा प्रमाणपत्रतह वा सो सरह उत्तीर्ण गरेको ।