दफा ३क
समिति गठन गर्ने प्रदेश सरकारको अधिकार

(१) यस ऐन बमोजिम समिति गठन भई सञ्चालनमा रही नेपाल सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण भएका योजना, परियोजना वा संस्थालाई प्रदेश सरकारले विकास समितिको रुपमा सञ्चालन गर्न आवश्यक देखेमा प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी समिति गठन गर्न सक्नेछ।

(२) उपदफा (१) अन्तर्गतको आदेशद्वारा समितिका काम र कर्तव्य तोकिने छन् र समिति गठन गर्दाका बखत आदेशमा तोके बमोजिमको नामले प्रचलित हुनेछ।

(3) समितिमा सूचित आदेशमा तोकिएको मापदण्डका आधारमा प्रदेश सरकारले नियुक्ति गरेका तीन जना व्यक्तिहरु रहने छन्।

(4) उपदफा (१) बमोजिम गठित समिति बमोजिमको योजना, परियोजना कार्यान्वित भएपछि सो समिति स्वतः विघटन हुनेछ र त्यसको सूचना प्रदेश राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।