दफा
समिति र सञ्चालकहरूको कार्यविधि
: (१) निगमको कार्य सञ्चालकको निमित्त नेपाल सरकारले महाप्रबन्धक नियुक्त भएको अवस्थामा समेत निज लगायत बढीमा सात जना सदस्यहरू भएको एक सञ्चालक समिति गठन गर्नेछ । नेपाल सरकारले आवश्यक देखेमा सञ्चालकमा वाणिज्य, अर्थ तथा लेखाशास्त्रमा ख्याति प्राप्त वा उड्डयन तथा पर्यटन प्रबद्र्धन सम्बन्धी क्षेत्रमा अनुभव प्राप्त गैरसरकारी व्यक्तिलाई पनि नियुक्त गर्न सक्नेछ ।
(२) महाप्रबन्धक बाहेक अन्य सञ्चालकको कार्यावधि चार वर्षको हुनेछ र कार्यावधि समाप्त भएको सञ्चालक पुन नियुक्तिको लागि ग्राह्य हुनेछ । तर गैर सरकारी व्यक्तिलाई भने साधारणतया अर्को एक कार्यावधिको लागि मात्र पुन नियुक्त गर्न सकिनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले चाहेमा कुनै सञ्चालकलाई निजको कार्यवधि समाप्त नहुँदै पनि हटाउन सक्नेछ ।
(४) सञ्चालकहरू मध्येबाट नेपाल सरकारले समितिको अध्यक्ष र उपाध्यक्ष नियुक्त गर्न सक्नेछ । अध्यक्ष र उपाध्यक्षको हैसियतमा निजहरूको कार्यावधि नेपाल सरकारको इच्छा अनुसार हुनेछ ।
(५) नेपाल सरकारले चाहेमा समितिको अध्यक्ष, उपाध्यक्ष वा कुनै संचालकलाई यो ऐन बमोजिम महाप्रबन्धकको काम, कर्तव्य समेत सुम्पी कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा कार्यकारी सञ्चालकको रूपमा नियुक्त गर्न सक्नेछ । यसरी नियुक्त भएको कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा कार्यकारी सञ्चालकको तलव, भत्ता र सेवाका अन्य शर्तहरू नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।
(६) समितिको सचिवले समितिको निर्णय प्रमाणित गर्नेछ ।
(७) उपदफा (२) बमोजिम कार्यावधि समाप्त हुनु भन्दा ६ महिनाअघि सम्बन्धित मन्त्रालयले समितिमा राख्ने सञ्चालकहरूको नाम नेपाल सरकारमा प्रस्तावित गर्नेछ ।