दफा ५४
समिति वा उपसमिति गठन गर्न सक्ने
(१) यस ऐनमा कुनै निकाय वा पदाधिकारीले गर्ने भनी स्पष्ट उल्लेख गरिएकोमा बाहेक सञ्चालक समितिले कुनै खास प्रयोजनका लागि प्राधिकरणको निर्देशनको अधीनमा रही आवश्यकता अनुसार अन्य समिति बा उपसमिति गठन गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम गठन भएको समिति वा उपसमितिको काम, कर्तव्य र अधिकार तथा बैठकको कार्यविधि सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुनेछ।