दफा २४
समिति, उपसमिति वा कार्यटोली गठन गर्न सक्ने
(१) नेपाल स्काउटको उद्देश्य पूर्तिको लागि राष्ट्रिय कार्यकारी समितिले आवश्यकता अनुसार समिति, उपसमिति वा कार्यटोली गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन हुने समिति, उपसमिति वा कार्यटोलीको काम, कर्तव्य र अधिकार राष्ट्रिय कार्यकारी समितिले तोकेबमोजिम हुनेछ ।