दफा ७
समितिका कर्मचारी
(१) समितिमा आवश्यक संख्यामा कर्मचारीहरू रहन सक्नेछन् ।
(२) समितिमा कर्मचारी नियुक्त नभएसम्मको लागि नेपाल सरकारले समितिको अनुरोधमा समितिलाई आवश्यक पर्ने कर्मचारी काजमा उपलव्ध गराउन पर्नेछ ।
(३) समितिका कर्मचारीको नियुक्ति, पारिश्रमिक, सुविधा र सेवाका शर्तहरू तोकिएबमोजिम हुनेछन् ।