नियम
समितिको अन्य काम, कर्तव्य र अधिकार

ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सम्बन्धी अभिलेख राख्न सो अभिलेखमा खुलाउनु पर्ने विवरणहरु निर्धारण गर्ने,

(ख) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको बद्नियत वा गम्भीर लापरबाही भएको मानिने अवस्था निर्धारणको लागि आवश्यक आधार तथा मापदण्ड बनाउने,

(ग) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था उपर क्षतिपूर्ति माग गरी अदालतमा दायर भएको मुद्दाको प्रतिरक्षा गर्दा समितिले व्यहोर्ने खर्च सम्बन्धी मापदण्ड र रकमको सीमा निर्धारण गर्ने,

(घ) स्वास्थ्य उपचारको क्रममा उत्पन्न हुन सक्ने आकस्मिक घटना घट्न नदिनको लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले अवलम्बन गर्नु पर्ने पूर्व सावधानीका सम्बन्धमा र लापरबाही हुन नदिने विषयमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई जानकारी गराउने, गरी मन्त्रालयमा पेश गर्ने,

(च) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा अन्य आवश्यक काम गर्ने ।