नियम १८
समितिको अन्य काम, कर्तव्य र अधिकार
ऐनको दफा २६ मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

(क) अदालतको आदेश बमोजिम जफत भएका सम्पत्ति बा साधनको व्यवस्थापन तथा प्रयोग सम्बन्धमा विभागलाई आवश्यक निर्देशन दिने,

(ख) - कोषको रकमको प्रयोग गर्ने सम्बन्धमा बिभागबाट पेश भएका कार्यक्रम स्वीकृत गर्ने । १९, अनुसुचीमा हेरफेर गर्न सक्नेः मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अनुसूचीमा हेरफेर गर्न सक्नेछ ।